काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। जसको कार्यसूची आज दिउँसो बस्ने सचिवालय बैठकले तय गर्नेछ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा केन्द्रीय समिति बैठकसहित ६ विषयमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ।आजको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ छलफल गरेर टुंग्याउने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
सचिवालय बैठकमा बैंक खाता सञ्चालनबारे पनि छलफल हुनेछ।
आजको बैठकले रिक्त रहेका केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन गर्ने पनि प्रवक्ता झाले बताएका छन्। आजको बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने पपनि उनको भनाइ छ।










