कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते हुने

२०८३ बैशाख ७, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिइन् ।

‘आज तालिका प्रकाशन गर्छौँ, ११ गते निर्वाचन गर्ने गरी,’ भुसालले  भनिन्, ‘कार्यतालिकामा ९ गते दलको विधान संशोधनबारे ९ गते नै संशोधित विधानबारे छलफल गरेर पारित गर्ने र ११ गते निर्वाचन गर्ने गरी कार्यतालिका आउँछ ।’ प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार