ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

२०८३ बैशाख ८, मंगलवार

काठमाडौं : पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरी झिरबासमा लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक २३ वर्षीय विशाल रानाको मृत्यु भएको हो।

रैनादेवी गाउँपालिका वडा नं. ४ छहराका बासिन्दा राना ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा रहेका रानालाई स्थानीयवासीले उद्धार गरी उपचारको लागी मिसन अस्पताल तानसेन पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार