काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिँदा राम्रो हुने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै साम्पाङले यस्तो बताएका हुन्। गुरुङको विषयमा धेरै विवादित कुरा आइरहेकाे उल्लेख गर्दै उनले राजीनामा दिँदा राम्रो हुने बताए।
‘उहाँको जहिल्यै नयाँ–नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई–तीनचोटि सुनिराखिन्छ, घरी के घरी के भन्ने कुरा। त्यसो हुँदा मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु,’ उनले भने।





