तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८३ बैशाख ९, बुधबार

काठमाडौँ : तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् ।

मंगलबार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि शुभम् अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार