काठमाडौं : व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज ३० दिनकाे समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालत भने ७ दिनकाे मात्रै म्याद दिएकाे छ ।
यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।






