बागलुङ : भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो ।
विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो ३ बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । भिरबाट लडेकी विकको घटनास्थलमा नै मृत्यु भएको हो ।
विक करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





