काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य १ हजार ८ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ३० रूपैयाँ कायम भएकोमा आज १ सय १० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँ कायम भएको छ ।





