मालवाहक सवारीले तोकिएभन्दा बढी भार बोके कारबाही

२०८३ बैशाख १०, बिहीबार

काठमाडौं : मालवाहक सवारीसाधनले तोकिएभन्दा बढी भार बोके कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रावधान उल्लेख गर्दै त्यसमा तोकिएभन्दा बढी भार लिएर नहिँड्न सचेत गराएको हो ।

विभागका अनुसार आयातित सवारीसाधन ढुवानीका लागि भन्सार कार्यालय परिसरमै क्षमता अनुसार भार मिलान गरेरमात्र सञ्चालन गर्नुपर्ने भएको छ । मालवाहक सवारीले प्रस्थान बिन्दु नजिकै, मध्यबिन्दु र गन्तव्य नजिकका तौलपुलमा अनिवार्य तीन पटक तौल गराइ लोड सिट साथमा राख्नुपर्ने छ ।

सीमाभन्दा बढी भार बोक्ने मालवाहक सवारीलाई कानुन अनुसार कारबाही गरी सीमाभन्दा बढी मालसामान हटाएर मात्र अब चल्न दिइने भएको छ । सीमाभन्दा बढी सामान व्यवस्थापन समेत सवारीधनी आफैंले गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

यस्तो छ विभागको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार