महेश–धापुङ–ताराखोला सडक निर्माण

२०८३ बैशाख ११, शुक्रबार

म्याग्दी : महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको हो ।

यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडासम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ । यो सडक स्तरोन्नति गर्न रु पाँच करोड ८६ लाख खर्च भएको उक्त कार्यालयका प्रमुख महेन्द्र बानियाँले बताए ।

सात मिटर चौडा यो सडकमा वर्षायामको पानी निकासका लागि नाली र भूक्षयबाट सडक जोगाउन टेवा पर्खाल निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार