एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

आईपीओ शुक्रबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीले ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये, २७ लाख ७१ हजारभन्दा बढी आवेदकबाट आवेदन परेको थियो । जसमा २७ लाख २७ हजार ११७ जनाको आवेदन मात्र स्वीकृत भएको छ ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो। जसअनुसार ७८ हजार २० जना आवेदकले मात्र १०-१० कित्ताका दरले शेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार