बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख ३८०६ बस र ना ४५ प ३१६३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ बस्ने करिब ५५ वर्षीय देवबहादुर गुरुङ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएकामा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का अन्दाजी ४२ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार