शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ : काठमाडौँ प्रशासन

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘अत्यन्त जरुरी सूचना’ जारी गरेर शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ। यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ।

‘अवैध रुपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला,’ सूचना भनिएको छ।

घर टहरा खाली नगरिए शनिबार बिहानैदेखि भत्काउने चेतावनी दिइएको छ। ‘मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ,’ जिल्ला प्रशासनले भनेको छ, ‘त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार