पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना, ३१ जना घाइते

२०८३ बैशाख ११, शुक्रबार

दमौली (तनहुँ) : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार