दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

२०८३ बैशाख १२, शनिबार

महेन्द्रनगर : जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ ।

बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए । त्यस अवसरमा जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरे। शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो। आजै दिउँसो १२ बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गरेका थिए ।

आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार