काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको सूचनाका आधारमा एकजना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्रलाई अख्तियारकाे पाेखरा कार्यालयले पक्राउ गरेको हो ।हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।
सोही सूचनाका आधारमा पोखरा महानगरपालिका–४ स्थित खाजाघरबाट उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जानकारी दिएको छ ।





