कांग्रेस नेता कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

२०८३ बैशाख १३, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश र पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा देश र नेपाली कांग्रेसको समसामयिक अवस्थाबारे विचार–विमर्श गरेका हुन् ।

उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार