आजदेखि कक्षा १२ को परीक्षा : चार लाख १८ हजार परीक्षार्थी

२०८३ बैशाख १४, सोमबार

काठमाडौं : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को वार्षिक परीक्षा आजदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन परीक्षा सञ्चालन हुनेछ र वैशाख २७ गतेसम्म चल्नेछ।

यस वर्षको परीक्षामा पाँच हजार तीन सय ३९ विद्यालयका कुल चार लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ तीन लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३८ र सबैभन्दा कम मनाङबाट ३१ जना परीक्षार्थी सहभागी हुने बोर्डले बताएको छ।

परीक्षाका लागि नेपालभर एक हजार ४२० र जापानमा एक गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार