काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रूपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।





