फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त

२०८३ बैशाख १४, सोमबार

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् ।

वैशाख १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुने गरी उक्त पदको जिम्मेवारी प्रदान गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार