काठमाडौं : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिले कृषि विकास शाखाको आयोजनामा कृषकलाई मिनिटिलर वितरण गरेको छ।
व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले कृषि यान्त्रिकीकरणमा जोड दिनका लागि यहाँका किसानलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको हो।
पालिकाले किसानको मागको आधारमा २३५ वटा मिनिटिलर वितरण गरेको छ ।





