संसद् अधिवेशन रोकेको सरकारले ल्यायो दुई अध्यादेश

२०८३ बैशाख १५, मंगलवार

काठमाडौं : सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।

बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ। संसद् अधिवेशन आह्वान गरेको भोलिपल्ट नै अधिवेशन स्थगित गरेको सरकारले अध्यादेश ल्याएको हो।

बैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकोमा बैशाख ९ गते राष्ट्रपति पौडेलले बैशाख १७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका थिए। तर, बैशाख १० गते नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस गरेको थियो।

सोहीअनुसार राष्ट्रपतिको कार्यालयले अधिवेशन स्थगनको सूचना जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार