फिल्म ‘टिका’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने

२०८३ बैशाख १५, मंगलवार

काठमाडौँ : फिल्म टिका भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो । नारी प्रधान कथा भनिएको फिल्मका नारीहरूको पर्व तीजको अवसरमा प्रदर्शन ल्याइने तयारी गरिएको हो ।

महेश त्रिपाठी, ऋचा शर्मा र वर्षा सिवाकोटीसँगै भेट्रान हास्य अभिनेता निर्मल शर्माको अभिनय रहेको फिल्म वैशाख तेस्रो साताबाट फ्लोरमा जाँदै छ । शंकर कार्कीको निर्देशन रहने फिल्मकी निर्माता भविष्य खड्का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार