वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध

२०८३ बैशाख १६, बुधबार

काठमाडौँ : हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि यातायात ठप्प भएको हो। अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए। उनले भने,’अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ ।

वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन्। सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार