काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले घटेर ४ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ ।





