सेनाका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान

२०८३ बैशाख १६, बुधबार

काठमाडौँ : नेपाली सेनाका तीन जना उच्च अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति जंग बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा सेनाका बलाधिकृत, रथीबृन्द र अधिकृतहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार