सुकुम्बासीलाई घरबारविहीन बनाउँदैनौं : रवि लामिछाने

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूलाई कसैले पनि घरबारविहीन नबनाउने बताएका छन्।

संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै लामिछानेले जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु सरकारको मुख्य दायित्व भएको बताएका हुन्। सभापति लामिछानेले सुकुम्बासी समस्या समाधानका लागि देशैभरि एक विशेष आयोग बनाएर शीघ्र काम थालिने जानकारी दिए।

बाढी र ढलको जोखिममा रहेका नागरिकलाई सुरक्षित बासस्थान उपलब्ध गराउनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै उनले कसैलाई पनि विकल्पविहीन अवस्थामा नछाडिने प्रतिबद्धता जनाए।

‘सरकारले घरबारविहीन सबै नागरिकको गाँस, बास, कपास र रोजगारीको अवसरबारे पूर्ण जिम्मेवारी लिन्छ,’ लामिछानेले भने, ‘अनावश्यक राजनीतिकरण गरेर कसैलाई बाढी र ढलको छेउमा बस्न बाध्य बनाउँदै भोट बैंकको राजनीति गर्नु गलत हो।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार