‘माननीय’ शब्द मेटाउनु भन्दा मनभित्रको अहंकार हटाउनु : ज्ञानेन्द्र शाही

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले रास्वपका सांसदहरुलाई मनभित्रको अहंकार हटाउन सुझाव दिएका छन् ।

आज सिंहदरबारमा बसेको रास्वपाको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले पार्टीका सांसदहरुलाई कुनै कागजातमा ‘माननीय’ नलेख्न निर्देशन दिइएको थियो ।

उक्त समाचार बाहीरिएसँगै राप्रपा प्रतिनिधिसभा संसदीय दलको नेता शाहीले सामाजिक सञ्जालमार्फत उक्त सुझाव दिएका हुन् ।

‘सेतो कागजमा लेखिएको शब्दू माननीयू मेटाउनु भन्दा मनभित्र बसेको अहंकार हटाउनु राम्रो हुन्छ,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार