आङ्देम्बे र इजरायली राजदूतबीच भेटवार्ता

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।

राजदूत बासले बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता आङ्देम्बेसँग भेटवार्ता गरेका हुन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो ।

भेटका क्रममा राजदूत बासले उनलाई दलको नेता चयन भएकोमा बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार