भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद

२०८३ बैशाख १७, बिहीबार

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार बरामद गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।बरामद गरिएका चल्लालाई पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेनटाइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए ।

कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उनले सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार