सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

२०८३ बैशाख १७, बिहीबार

काठमाडौं : सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो। कम्पनीको आईपीओमा २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेको छ । जसमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदकको बदर भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसअनुसार ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार