काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय १५ रूपैयाँ कायम भएकोमा आज १ सय ५ रुपैयाँले घटेर ४ हजार ८ सय १० रुपैयाँ कायम भएको छ ।





