चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय

२०८३ बैशाख १७, बिहीबार

काठमाडाैं : चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ। फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। यसका साथै फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।

कलाकारहरूको यस्तो संयोजनले फिल्मप्रति दर्शकको उत्साह अझ बढ्ने निर्माण टिमको विश्वास छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्।

सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार