अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ : सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको छ ।

यसअघि २०८२ चैत २० गतेको मन्त्रालायको परिपत्रलाई स्मरण गराउँदै गृहले पुनः जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा पहिचान र संरक्षणका लागि निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी सार्वजनिक जग्गाको पहिचान गर्न र त्यहाँ रहेका अतिक्रमण हटाउने विस्तृत योजना माग गर्न भनिएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि आवश्यक योजना तयार गरी मन्त्रालयमा पठाउन भनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार