काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको आफ्नो तेस्रो म्याचमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ राेजेकाे हाे। नेपालका विनाेद भणडारीले पनि आज राष्ट्रिय टाेलीमा पुनरागमन गरेका छन्।
नेपालको प्लेइङ-११
अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की, रोहित पौडेल,दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी





