फिल्म ‘काजी’को ‘वारि वर पारि पिपलु’ गीत सार्वजनिक

२०८३ बैशाख १८, शुक्रबार

काठमाडाैं : फिल्म ‘काजी’ को ‘वारि वर पारि पिपलु’ बोलको पहिलो गीत सार्वजनिक भएको छ।

फिल्म निर्माण टिमले काठमाडौँमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरेका हुन्। चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीत गांगा सोनाम र करण परियारले गाएका छन् । उनीहरू दुवै जना नेपाल आइडलका विजेता हुन् ।

रिजाल एन्ड रिजाल प्रोढक्सनको प्रस्तुति रहेको फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। केकी र विपीनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म आउँदाे जेठ ८ गत देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्म राजभण्डारीले छायांकन गरेका हुन्।

फिल्म कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार