७ वर्षीय बालक पौडिँदै श्रीलंकाबाट भारत पुगेर बनाए कीर्तिमान

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् । २९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार गरेका थिए । उनी पौडिँदै श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्म पुगेका थिए ।

यो दुरी पार गर्ने उनी विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस असाधारण उपलब्धिका लागि युनिभर्सल रेकर्ड्स फोरम (यूआरएफ)ले सिंहलाई कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ ।

ईशांकअघि यो कीर्तिमान तमिलनाडुका जय जसवन्तका नाममा थियो । उनले सन् २०१९ मा १० वर्षको उमेरमा श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्मको दूरी १० घण्टा ३० मिनेटमा पूरा गरेका थिए ।

राँचीको डोरन्डास्थित जवाहर विद्या मन्दिर श्यामली विद्यालयमा कक्षा ३ मा अध्ययनरत ईशांकले यो लक्ष्य हासिल गर्न धुर्वा बाँधमा दैनिक ४–५ घण्टा कडा अभ्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार