हामी नम्र छौँ, तर कमजोर छैनौँ : सभापति थापा

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब नबोल्ने व्रत तोड्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले भने, “नबोलौँ भनेर बसिरहँदा प्रश्न नै मर्ने त हैनन् भन्ने डर लागेको छ । बोल्ने जिम्मेवारी पनि पूरा गर्नुपर्ने भो ।” निर्वाचनले दिएको सरकार चलाउने ‘म्यान्डेड’ राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले ठिक ढंगले निभाओस् भन्नेमा आफू रहेको उनले उल्लेख गरे ।

कांग्रेसले पाएको प्रतिपक्षको भूमिकामा पनि म्यान्डेडअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेसको विनम्रतालाई कमजोरी नठान्न उनले सरकारलाई चेतावनी समेत दिए । उनले भने, “हामी नम्र छौँ, तर कमजोर छैनौँ । हामी दृढ र सहयोगी पनि छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार