लोक–पप शैलीको डान्सिङ गीत ‘गाली नि मीठो’ सार्वजनिक

२०८३ बैशाख २१, सोमबार

काठमाडौं :  लोक–पप शैलीमा तयार गरिएको डान्सिङ गीत ‘गाली नि मीठो’ सार्वजनिक गरिएको छ।

शीतल पाण्डेको प्रस्तुति रहेको यस गीतले समसामयिक स्वाद र मनोरञ्जनलाई समेट्दै दर्शक श्रोतामाझ नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत लोकप्रिय सङ्गीतकार दिपक शर्माले दिएका छन्। गीतमा अधिवक्ता समेत रहेकी शीतल पाण्डे र मदन खनालको स्वर छ। एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

गीतको भिडियोमा मोडल लोमश शर्मा र विना राउतको अभिनय देख्न पाइन्छ। भिडियोको निर्देशन केशब राज भट्टले गरेका हुन्। आकर्षक दृश्य संयोजन र नृत्य शैलीका कारण भिडियोले दर्शकको ध्यान खिच्ने विश्वास गरिएको छ।

समग्रमा, ‘गाली नि मीठो’ आधुनिक प्रस्तुति र लोक स्वादको संयोजनका रूपमा बजारमा आएको नयाँ डान्सिङ नम्बर हो, जसले नेपाली संगीतप्रेमीबीच राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार