केटाकेटी सरकार अध्यादेश फेरि पठाएछ : हर्क साम्पाङ

२०८३ बैशाख २१, सोमबार

काठमाडौं :श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सरकारविरुद्ध कडा उत्रिएका छन् । उनी आक्रामक शैलीमा सामाजिक सञ्जालबाट कडा टिप्पणी गरिरहेका छन् ।

उनले सुकुम्बासी बस्ती हटाउन सेनाको परिचालनको विषय, सरकारले पुन: राष्ट्रपति कार्यालयमा सिफारिस गरेर पठाएको अध्यादेशको विषय तथा सुकुम्बासी समस्या समाधानको विषयलाई जोड दिँदै स्टाटसको वर्षानै गराएका छन् ।

उनले प्रधानमन्त्री बालेनलाई प्रश्‍न गर्दै लेखे, ‘बालेजी पत्रकारलाई निषेध गरेर के गर्न खोजेको ?? चुपचाप डोजर सरकार यस्तै हो ?? स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लाउनु लोकतन्त्रको मूल्य अनुरुप होइन ।’

त्यसलगत्तै उनले राष्ट्रपतिलाई सुझाएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रपति ज्यू…सरकारको सबै कुरा मान्दै जाने हो भने देशै नरहने अवस्था आउने छ । संसदलाई सार्वभौम बनाइराख्न तपाईंको भूमिका चाहिन्छ । खबरदारी है ।’

हर्कको स्टाटस सिलसिला रोकिएको छैन उनले फेरि लेखे, ‘केटाकेटी सरकार अध्यादेश फेरि पठाएछ । एसपालि चाहिँ ललिपप सहित पठाएको हो ? एक पटक हुँदैन भनेपछि हुँदैन हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार