टस जितेर ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने

२०८३ बैशाख २२, मंगलवार

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपालको प्लेइङ-११ 
विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार