सभापति थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै

२०८३ बैशाख २२, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दै छन् ।

काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।

कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना रहेको बताइएको छ । तर भेटको समय र स्थान भने औपचारिक रूपमा खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार