काठमाडौँ : गायक रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको सुमधुर स्वर रहेको गीत ‘मुया रानी’ सार्वजनिक भएको छि ।
कमल शर्मा आचार्यको शब्द रहेको गीतमा सङ्गीत ऋषि खड्काले दिएका छन् । गीतको म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । प्रेम र रोमान्स देखाइएको भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।
भिडियोका निर्देशक एलिश खनाल हुन् । निर्देशक खनालले भिडियोमा गीतले भने झै प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरेका छन् ।










