काठमाडौँ : चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त भएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित चलचित्रको शुभ मुहूर्त गरिएको हो । मुहूर्तमा पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतका कलाकार सहभागी थिए ।
परिच्छेद सेनको निर्देशन रहने फिल्मको छायाङ्कन २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । सुनसरीका अलवा काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा पनि फिल्मको छायाङ्कन हुनेछ ।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी, सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायत ८० कलाकार रहनेछन् ।
विराज विष्ट प्रस्तुतकर्ता रहेको फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने लागेको हो । लेखक समेत निर्देशक सेन रहेको फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्म आगामी फूलपातीबाट प्रदर्शनमा आउनेछ ।










