काठमाडौं : पहिरोमा परेर स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा चालक रौतहट पौराही गाउपालिका-३ का ४१ वर्षीय दिलीप स्माली रहेका छन्।
काभ्रेको चौरी देउराली गाउँपालिका-७ टाडिगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुगां सहितको ढिस्को खस्दा बा.२ क २७९२ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको हो।





