शिवपुरी जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

२०८३ बैशाख २२, मंगलवार

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ ।

टोखा नगरपालिका–१, शिवपुरीको जंगलभित्र महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको भएको खुलेको छ ।

उनी वैशाख ११ गतेदेखि हराएको खुलेको हो । प्रहरीले सरिताको हत्याको आशंकामा टोखाकै अनिल डंगोललाई पक्राउ गरेको छ । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । प्रहरीको अनुसन्धानका क्रममा तिवारी र अनिल एक वर्षदेखि सम्पर्कमा रहेको खुलेको छ ।

अनिलले शिवपुरी जंगलमै सरिताको हत्या गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार