काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रूपैयाँ कायम भएकोमा आज ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रूपैयाँ कायम भएकोमा आज १ सय ७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ कायम भएको छ ।





