धादिङ केन्द्रविन्दु भएर भूकम्प

२०८३ बैशाख २४, बिहीबार

काठमाडौँ : धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः:१४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार