काठमाडौँ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धीरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उनीमाथि जन्मकैद सजाय सुनाएको थियो । कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा रहेकोका उनी गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भागेका थिए ।
फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।





