गुडिरहेको कारमा ढुङ्गा खसेर लाग्दा आगलागी

२०८३ बैशाख २४, बिहीबार

चितवन : मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो । माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार